सर्वोच्चद्वारा प्रेरणा राज्यलक्ष्मीको रिट खारेज, छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै हुने

सर्वोच्चद्वारा प्रेरणा राज्यलक्ष्मीको रिट खारेज, छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै हुने

  • शुक्रबार, माघ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, २४ माघ ।
तत्कालीन राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले ट्रष्ट गठन विरुद्ध दायर गरेका रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । राजतन्त्रको अन्त्यपछि राजपरिवारका सदस्यको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्टको नाममा कानुनमार्फत ल्याउने निर्णय असंवैधानिक रहेको भन्दै प्रेरणाले दायर गरेको रिट निवेदन सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार खारेज गरेको हो।
दाइजो स्वरुप पाएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको घरसमेत नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयविरुद्ध परेको मुद्दा हारेपछि सिंहले ट्रष्ट गठन नै अवैधानिक भएको दाबी गर्दै मिति २०७५ पुस ६ गते रिट निवेदन दर्ता गरेकी थिइन्।
उक्त रिट निवेदनमाथि सर्वोच्चको संबैधानिक इजलामा भएको बहसपछि प्रधान न्यायधिस चोलेन्द्र शम्शेर ज.ब.रा., न्यायधिसहरु मीरा खडका, हरिकृष्ण कार्की,अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको पुर्ण इजलासले शुक्रवार प्रेरणाको रिट निवेदन खारेज गरिदिएको हो । यो सँगै प्रेरणाले छाउनीको जग्गा दाबी गर्ने सबै कानुन बाटो बन्द भएको छ ।
प्रेरणालाई दाइजोस्वरूप दिएको जग्गा सरकारी हुने आदेश २०७३ साल पुस २१ गते फैसला तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले गरेको थियो।
त्यसअघि तत्कालीन पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएकाले उनकै हुने फैसला गरेको थियो। नेपाल ट्रष्टले दिएको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश कार्कीसहितको इजलासले नेपाल ट्रष्टकै हुने फैसला गरेको थियो।
दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र उनको परिवार र राजसंस्थाको नाममा भएका सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याउने कानुन २०६२÷०६३ को जनआन्दोलनपछि बनेको थियो। क्रमशः उनीहरूको सम्पत्ति नेपाल ट्रष्टले आफ्नो नाम गर्दै गयो।
यही क्रममा प्रेरणा बस्दै आएको छाउनीको १५ रोपनी १ आना जग्गा र त्यसमा बनेको घर पनि ट्रस्टले लिने निर्णय र्गयो। आफू बस्दै आएको घरजग्गा ट्रस्टको नामबाट फिर्ता ल्याउन प्रेरणा सर्वोच्च गएकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ