बैतडी, माघ २४ ।
कार सिकाउने क्रममा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार धनी दशरथचन्द नगरपालिका ४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका छन् ।
दुर्घटनामा कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
बा६प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाडौँको घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त कार मैदानभन्दा झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline