’तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी सिन्धुलीस्थित आश्रममा

’तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी सिन्धुलीस्थित आश्रममा

  • शुक्रबार, माघ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

सिन्धुली माघ २४ ।
तपस्वीको भेषमा बस्दै आएका राम बहादुर बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सिन्धुलीले अनुमति दिएको छ । अदालतको अनुमति पाएसँगै नेपाल प्रहरीको टोली आज बिहान बमजनको सिन्धुलीस्थित आश्रममा पुगे पनि बमजन बस्ने मूलघरमा ताला लगाईएको भेटिएको छ ।

प्रहरीले आश्रम वरीपरी र आसपासको जंगलमा खोजेपनि बमजनलाई भेट्न भने सकेको छैन । बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन् । त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाटै बेपत्ता छन् ।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । त्यस्तै बमजनले उनकै आश्रममा बस्ने नावालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ