काठमाण्डौं, २२ माघ ।
सुदूरपश्चिम प्रदेशमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना गरिने भएको छ । त्यसका लागि जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र सुदुरपश्चिम प्रदेश सरकारउधोग पर्यटन वन तथा वातावरण मन्त्रालयबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
वन तथा वातवरण मन्त्रालय सिंहदरवारमा आज प्रदेशस्तरमा जडिबुटी उत्पादन तथा प्रशोधन गर्नेगरि भएको सम्झौतापत्रमासुदुरपश्चिम प्रदेश उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका सचिव डा. दिपक राज खराल र जडिबुटी उत्पादन तथा प्रशोधन कम्मपनी लिमिटेडका महा–प्रवन्धक ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गर्नु भएको छ ।
वन तथा वातावरण मन्त्री शक्ती वहादुर वस्नेत,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,, सुदूरपश्च्मि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा र उधोग पर्यटन बन तथा बातावरण मन्त्री माया भट्टको उपस्थितीमा उक्त समझदारी भएको हो ।

समझदारी पत्रमा प्रदेशमा रहेका जडीवुडीहरूको दिगो व्यवस्थापन मार्फत व्यवशायिक रूपमा जडीवुडी संकलन,खेती विस्तार,प्रशोधन र उत्पादन गर्दै रोजगारी र आय आर्जनका अवसर सिर्जना गरि आर्थिक सवद्वि हासिल गर्नका लागि जडिवुडी प्रसोधन तथा उत्पादन कम्पनी स्थापना तथा संचालन गर्न जोड दिएको छ । यस अघि सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षमै संचालन हुनेगरि जडीबुटी उद्योग स्थापना गर्ने निर्णय भएको छ ।