प्रहरीले झापाबाट नेकपा ताप्लेजुङ जिल्ला ईन्चार्ज तारा थापालाई पक्राउ गरेको छ ।
हिजै दमकबाट थापालाई अपहरण शैलीमा गिराफ्तार गरिएको भन्दै नेकपामा मेचीकोशी ब्यूरो ईन्चार्ज प्रतीपले विज्ञप्ति जारी गरी निशर्त रिहाईको माग गरेका छन् ।
झुट्टा मुद्धामा पार्टीका नेता कार्यकर्ता फसाउने,यातना दिने जस्ता कार्य राज्यले गरीरहेको भन्दै उनीहरुलाई विनाशर्त रिहा गर्न र नगरे प्रतिरोध संघर्ष गर्न बाध्य हुने चेतावनी ईन्चार्ज प्रतीपद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यता राजधानीबाट आज जनगणतान्त्रिक सम्पर्क मञ्चका कोषाध्यक्ष अर्जुन कटुवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बलम्बुबाट आज नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
हाल सम्म १३ सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ गरिएको र एक हजार भन्दा बढी धरौटी तथा तारेखमा रिहा भएको गृहमन्त्रालयले जनाएको छ ।
