धरान माघ २१ । एनसेल बम विष्फोट काण्डमा सफाई पाएर नख्खु कारागारबाट मुक्त भए लगत्तै अदालतबाटै पुनः पक्राउ गरिएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा केन्द्रीय सदस्य माईला लामा, नवीन विश्वकर्मा र धीरेन्द्रा उपाध्यायलाई धरान पुर्याईएको छ ।
उनीहरुलाई राति १० बजेतिर त्याहाँ पुर्याईएको पारीवारीक श्रोतले जनाएको छ ।
लामा सहित तीनै जनालाई संगठित अपराध, हातहतियार तथा खरखजाना मुद्धामा अनुसन्धान गर्न राखिएको प्रहरीले भनेको छ ।
धरानमै पार्टीका अर्का केन्द्रीय सदस्य दीपेश राईलाई पनि राखिएको छ ।
उनीहरु सबैलाई गत बर्ष फागुण १५ मा धरान पानमारामा समातिएको भनिएको एलएमजी र एम १६ को मुद्धामा जोडिएको पारीवारीक श्रोतले जनाएको छ ।
सो मुद्धामा देव कुमार सावा ( संगीत ) पुर्पक्षका लागि थुनामा रहेका छन् भने अन्य नेताहरु कतिपय धरौटीमा र केही साधारण तारेखमा रिहा भएका छन् ।