जनपत्रकार संगठनकाे नाममा हालसम्ममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नभएको स्पष्ट (प्रेस विज्ञप्ति सहित)

जनपत्रकार संगठनकाे नाममा हालसम्ममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नभएको स्पष्ट (प्रेस विज्ञप्ति सहित)

  • आइतवार, माघ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

जनपत्रकार संगठनकाे नाममा हालसम्ममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो काँही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन संगठनले आग्रह गरेको छ ।
जनपत्रकार संगठनले एक प्रेस विज्ञप्ति जारी गरि हालैका दिनमा संगठनको नाम जोडेर आर्थिक लेनदेन वा संकलनको विषयमा भएको टिप्पणीप्रति अाफ्नाे ध्यानाकर्षण भएको जनाउँदै संगठनले कुनै पनि आर्थिक अभियान सञ्चालन नगरेको स्पष्ट पारेको छ ।

जनपत्रकार संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र काेषाध्यक्ष जानकी चाैधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ -‘त्यस्तो अभियान चलेमा केन्द्रीय समितिको पत्रमार्फत आग्रह गरिने भएकाले अहिलेसम्मलाई संगठनका नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो काँही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरिन्छ ।’

जनपत्रकार संगठन नेपाल श्रमजीवी पत्रकारको हक हितका लागि निरन्तर संघर्ष गर्दै आएको संगठन हो भन्दै आगामी दिनमा पनि यसले आफ्नो संघर्ष पत्रकार हक हितका लागि जारी राख्ने प्रतिबद्धता विज्ञप्तिमा जनाइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ