एमसीसीबारे चौतर्फी विरोध भईरहे पछि र पार्टी भित्र पनि विवाद बढ्दै गए पछि नेकपा सचिवालयको बैठकले एमसीसी अनुमोदन गर्ने नगर्ने बिषयमा सुझाव दिन कार्यदल बनाएको छ ।
पार्टीका बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् ।
रावल एमसीसीको केही शर्त ससोधन गरेर मात्र पारीत गर्नु पर्ने पक्षमा रहदै आएका छन् भने ज्ञवाली तत्कालै एमसीसी पास गर्नु पर्ने पक्षमा रहदै आएका छन् ।
कार्यदलले दश दिन भित्र सुझाव दिई सक्नु पर्ने छ । सचिवालयको प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेको हो । केन्द्रीय समितिको बैठक जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline