रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित रामापुरमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४२ प ७०९६ नं को मोटरसाइकल अनियन्त्रित भई लु ४२ प ७४७२ नं को स्कुटीमा ठोक्किँदा सैनामैना–७ स्थित बयरकट्टीका मोटरसाइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
मृत्यु भएका दुवै लु ४२ प ७०४६ नं को मोटरसाइकलमा सवार थिए । उहाँका अनुसार सोही मोटरसाइकलमा सवार १६ वर्षीय सन्तराम चौधरी गम्भीर घाइते भएकाले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै स्कुटीमा सवार तुलबहादुर गुरुङ, सूर्यबहादुर पुन, पैदलयात्री सावित्रा न्यौपाने र सैनामैना– ८ का चन्द्रबहादुर क्षेत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline