विराटनगर माघ १७ । शान्तिपूर्ण समाज निर्माण तथा अपराध नियन्त्रणमा गर्न समूदाय –प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको आज यहाँ आयोजित गोष्ठीमा सहभागीहरुले व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले नेपाल प्रहरी, स्थानीय तह, सामाजिक सङ्घसंस्था , विद्यालय एवं मिडिया सम्मान कार्यक्रममा उहाहरुले लागू पदार्थ दुव्र्यसन नियन्त्रयण, अवैध हातहतिर निकासी पैठारी, लैङ्गिक हिंसा, वालविवाह, चेलीवेटीवेचखिन जस्ता अपराधिक कार्य नियन्त्रणमा समूदायको साझेदारीवाट महत्वपूर्ण उपलव्धी हासिल भएको बताउनु भएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्थानीय निकायले न्यायिक समितिको अवधारणवाट समाजमा मेलमिलापवाट मुद्दा टुङग्याउन सहज भएको चर्चा गर्दै विराटनगरको रानीमा प्रहरीसंग साझेदारीमा लागु औषध नियन्त्रण सचेतना कार्यक्रम प्रभावकारी भएको टिप्पणी गर्नु भयोे ।
प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले यो नेपाल सरकारको घोषित कार्यक्रम भएको बताउदै सुरक्षाका सम्वन्धमा जनता र प्रहरीवीच सुमधुर सम्वन्ध कायम गर्न कार्यक्रमले उपलव्धि हासिल गरेको धारणा व्यक्त गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले प्रहरी सामुदाय सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै नागरिकको सुरक्षा आधारभूत आधार हो र शान्ति सुरक्षा कायम गर्न समुदायसंग पहुँज सजह पुगेको बताउनु भयो ।
सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल,मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष हरिप्रसाद आचार्य र एविसि नेपालका प्रमुख विश्णु शर्मा पन्तले प्रहरी,स्थानीय निकाय, विद्यालय, टोलीवासीको सहकार्यलाई निरन्तरता दिनु पर्ने तथा प्रहरी संगठन व्यवसायिक वन्नुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालद्वारा हस्ताक्षर गरिएको अपराध नियन्त्रणमा सहयोग पु¥याउने मोरङ जिल्लाका १७ स्थानीय निकायका प्रमुखहरु र सङ्घसंस्थाका प्रमुखहलाई प्रदेश प्रहरी प्रमुख ज्ञवालीले सम्मान पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमा मोरङका १७ स्थानीय निकायका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष , प्रमुख प्रशाशकीय अधिकृत, विभिन्न संङ्घसंस्थाका प्रमुख र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश प्रहरी प्रमुख ज्ञवाली, मोरङ प्रहरी प्रमुख अधिकारी लगायतका स्थानीय निकायका प्रमुख, उपप्रमुखहरुले राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रम –२०७६ अन्तर्गतका औषधि सेवन गर्नु भएको थियो ।