राजा हटेको १४ वर्षमा देश झन संकटमा, सरकार पूर्ण असफल : राप्रपा

राजा हटेको १४ वर्षमा देश झन संकटमा, सरकार पूर्ण असफल : राप्रपा

  • शुक्रबार, माघ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

राप्रपाले नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको उल्लेख छ ।

पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भएपनि लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनिकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको थापाले बताए । थापाले राजसंस्था पाखा लगाएर सुरु गरिएको १४ वर्षको राजनीतिक अभ्यासले देश झन संकटग्रस्त भएको बताए ।

व्यापारी, कर्मचारी, राजनीतिक नेताहरुले गठबन्धन नै बनाएर देशमा भ्रष्टाचारको सञ्जाल बनेको थापाले उल्लेख गरे । तलदेखि माथिसम्म हुने सेटिङको दवाव र प्रभावले आर्थिक स्वार्थ पुरा गर्न कानुनी बाधा भए कानून नै परिवर्तन गर्ने र भ्रष्टाचारको कारवाही छल्न नीतिगत निर्णयको बाहनामा सार्वजनिक खरिद विक्रिका विषयर्लाइ मन्त्रिपरिषद्बाट निर्णय गरेर लुट प्रवृति हावी भएको प्रतिवेदनमा छ ।

प्रतिवेदनमा राप्रपाले देशमा इशाइकरण डरलाग्दो रुपमा बढेको भन्दै अपरिपक्व, दिशाहिन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी र विदेशी लगानी भित्रिन नसकेको, सञ्चारमाध्यम र सामाजिक संजाललाई नियन्त्रण गरी सर्वसत्तावादको संकेत देखिएको उल्लेख छ । निर्वाचन जित्न, सत्तामा पुग्न र टिकीरहन विदेशी शक्तिहरुको प्रभाव र हस्तक्षेप बढेको र राजनीतिक दलहरुमा वैचारिक विचलन देखिएको राप्रपाले जनाएको छ ।

शुक्रबार र शनिबार दुई दिन चल्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तयारी, सचिवालयको प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ