बद्रीले आमाहरुलाई रुवाए, युवालाई नचाए

बद्रीले आमाहरुलाई रुवाए, युवालाई नचाए

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

घोराही, १६ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को सातौं दिन गायक बद्री पङ्गेनीले वेजोड प्रस्तुती देखाएका छन् ।
बिहिवार सरस्वती पूजा भएका कारण दर्शकहरुको संख्या समेत निकै बढेको थियो । मञ्चमा दर्शकहरुले खचाखच भरिएको थियो । शुरुका दिनहरुको तुलनामा बुधवार दर्शक बढी आएका थिए । बुधवारको तुलनामा बिहिवार निकै धेरै दर्शकहरु आएको चेम्वर अफ कमर्स दाङकी सह–कोषाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । ‘यसरी दर्शकहरुको संख्या दिनप्रतिदिन बढीरहँदा हामी निकै खुशी भएका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले अपेक्षा गरेको भन्दा निकै भव्य र सभ्य तरिकाले महोत्सव सफल हुने देखिएको छ ।’


महोत्सवमा लोकप्रिया गायक बद्री पङ्गेनीले शुरुमा आमाहरुलाई लक्षित गरी विदेशिएको छोराले छुट्टी नपाएर घर नआएको विषयलाई समेटेर गित गाएका थिए । गित मार्फत कम्पनीले छुट्टी नदिएको अर्को वर्ष अवष्य आउँछु भन्ने भावको गित गाउँदा धेरै आमाहरुको आखाँ रसाएको थियो ।
त्यस लगत्तै बद्रीले युवाहरुलाई लक्षित गरी ‘पानी सलल’, ‘सुर्खेत वुलवुल ताल’, ‘ससुरालीमा’ लगायतका गित गाउँदा युवाहरु छमछमी नाचेका थिए ।


अन्तिमा बद्रीले ‘लाउचेली सिन्दुर लाउ, निको पार हृदयको गाउँ’ बोलको गित गाएका थिए । उनले गित गाउँदा धेरै नारीहरुको आंखा रसाएको थियो ।
कार्यक्रममा चर्चित मोडले अञ्जली अधिकारीले विभिन्न विगतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष टिकारम खड्का लगायत चेम्वरका अध्यक्ष श्रीधर महरा, निर्वतमान अध्यक्ष दीपक सुवेदी, उपाध्यक्ष घनश्याम अधिकारी, वलदेव योगी, महासचिव टिकादत्त खनाल, कोषाध्यक्ष विकास अग्रवाल लगायत चेम्वकार पदाधिकारी तथा सदस्यहरु छमछमी नाच्नुभएको थियो ।

शुक्रवार जीवन शर्मा आउने
शुक्रवार जनवादी गायक जीवन शर्मा आउने कार्यक्रम रहेको छ । शर्माको साथमा तिलक वली, रोशन रत्गैयाँ, ढाकाराम पौडेल, सुनिता दहित, दिक्षा सुनार आउने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक कुमारराज श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी