विराटनगर, १६ माघ ।
विराटनगर–८ की दश वर्षिय बालिका रुमती दासको बलात्यकारपछि हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत विराटनगरले जन्मकैदको फैसला सुनाएको छ ।
गतवर्ष माघमा दासको बलात्कारपछि हत्या भएको थियो । जिल्ला अदालत मोरङका न्यायधिश तेजबहादुर खड्काले बिहीबार जर्बरजस्तकी करणी÷कर्तव्य ज्यान मुद्दाको फैसलामा दुईजना अभियुक्तलाई जन्मकैद फैसला सुनाउनु भएको हो ।
चन्दु महतो र अब्बास अन्सारीले दासको बलात्कारपछि हत्या गरेका थिए । नजिकै छिमेकीको घरमा जाँदै गर्दा नियन्त्रणमा लिई केहि परेको झाडीमा लागेर उनीहरुले दासको बलात्कार र हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
उनीहरु विरुद्ध मुलुकी अपराध संहिता दफा ४१ र दफा १७७(२) अनुसार जन्मकैद र मृतकका बाबुलाई ५० हजार क्षतिपूर्ति भराउन अदालतको फैसलामा भनिएको छ ।
अदालतका सूचना अधिकारी युवराज पौड्यालका अनुसार जिल्ला अदालतको अन्तिम फैसलाको परिणामले दुवै अभियुक्तको अपराध ठहरिएको हो ।