पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारीः मन्त्री बास्कोटा

पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारीः मन्त्री बास्कोटा

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

विराटनगर, १६ माघ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकारहरुले जाँच दिनुपर्ने व्यवस्था अनावश्यक रहेकाले जाँच दिने व्यवस्था हटाउने तयारी भईरहेको बताउनुभएको छ ।
बिहिवार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताउनु भयो । सरकार सन्चार क्षेत्रलाई सबल र व्यवस्थित बनाउने कार्यमा क्रियाशिल भईरहेको र यसै सँग सम्बन्धित ऐनहरु बनाउने प्रक्रिया थालिएको उहाँको भनाई छ ।
उहाँले एमसिसि विशुद्ध विकास सँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको बताउनु भयो ।मन्त्री बास्कोटाले एमसिसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसदबाट पारित गराउन लागेको जानकारी दिनुभयो । उहाँले एमसिसी उर्जा र कनेक्टिभिटी संग जोडिएको र सामरिक महत्वको विषयहरु समावेश नभएको बताउदै अमेरिकन कंग्रेसले समेत पास गरेकाले संसदबाट पास गराउनुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
अर्को प्रसंगमा उहाँले कोरोना भाईरसबाट प्रभावित भएको चीनको बुहानमा रहेका नेपालीहरु सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताउनु भयो । उहाँले त्यहाँका विद्याथीहरुले नेपाल फर्कन चाहे सरकारले फिर्ता ल्याउन कुटनीतिक प्रयास थाल्ने जानकारी दिनुभयो ।
सन्चारमन्त्री बास्कोटा सुनसरीको इटहरीमा स्थापना गरिएको नेपाल टेलिभिजनको पाँचौ च्यानल एनटिभी इटहरीको उद्घाटनमा सहभागि हुन विराटनगर पुग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ