नेकपा निकट अखिल क्रान्तिकारी कैलाली जिल्ला समितिले आउदो स्वयवियु निर्वाचनमा आफ्नो संगठनलार्ई भाग लिने वातावरण बनाउन क्याम्पस प्रशासनसगँ माग गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष सुभाष जोशीले विज्ञप्ति जारी गरी क्रान्तिकारी विद्यार्थी आन्दोलनको अगुवाई गरीरहेको संगठनलाई वाईपास गरेर गरिने स्ववियु निर्वाचनको अर्थ नरहेको भन्दै त्यस्तो वातावरण नबने खारेज गर्ने चेतावनी दिएका छन् ।
परम्परावदि ढंगले निर्वाचन गर्ने चलखेल बढेको र अर्को तर्फ नेपालको क्रान्तिकारी विद्यार्थी माथि प्रतिबन्ध लगाउदै झुट्टा मुद्दा लगाउने, धरपकड गर्ने ,अनावश्यक दुख दिने र जेलहाल्ने षड्यन्त्र व्यापक रुपले बढिरहेको छ । विज्ञप्तिमा भनिएको छ ।
कैलाली जिल्लाका स्ववियु निर्वाचन हुने क्याम्पस हरुमा हाम्रो संगठनले स्ववियु सम्बन्धि संगठनको धारणा सहितको ज्ञापनपत्र यश अघिनै बुझाई सकेको छ । सो बारेमा आवश्यक पहल गरि हाम्रो संगठन माथी लगाईएको प्रतिबन्ध र विद्यार्थी नेताहरुमाथि थुपारिएका झुट्टामुद्दा खारेज गर्दै बन्दी नेताहरुलाई स(सम्मान रिहाई गरि समानुपातिक र समाबेसी सहितको नयाँ स्ववियु निर्माणका लागि आवश्यक पहल गरि हाम्रो संगठन लाई निर्वाध रुपमा स्ववियु निर्वाचनमा भाग लिने वातावरण बनाउन जिल्ला का सम्पुर्ण क्याम्पस प्रशासन लाई जोडदार माग गर्दछौं । अन्यथा यथास्थितिमा गरिने स्ववियु निर्वाचन लाई ससक्त खारेज गर्न हाम्रो संगठन सम्पुर्ण क्रान्तिकारी विद्यार्थीहरुलाई यसै प्रेस बिज्ञपति मार्फत हार्दिक आव्हान गर्दछ । जोशीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । हेर्नुस् विज्ञप्ति :
