नेपाल विद्यार्थी संघ  तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन

नेपाल विद्यार्थी संघ  तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं । नेपाल विद्यार्थी संघ  तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् ।

नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको छ । महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ४२ ९१० ९च० बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गरेको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

निवर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि लामो समय नेविसंघ नेतृत्वविहीन भएको थियो । नेविसंघमा लामो समयदेखि ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भनेर विवाद थियो ।

२०७५ असोज २१ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो ।

विधान पारित भइसकेर पनि तदर्थ समिति बनाउँदा ३२ माथिबाटै आउनुपर्ने केही नेताको अडान कायमै थियो । केही नेताहरुले भने ३२ वर्ष मुनिबाट तदर्थ समिति आउनुपर्ने अडान राखेतापनि पनि त्यसलाई लत्याउँदैं नेविसंघको तदर्थ समिति अध्यक्षमा ४० दशकमा हिडिरहेका ढुंगाना चयन भएका छन् ।

३२ वर्ष मुनिको समिति आउनुपर्ने माग गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ