सुर्तीजन्य पदार्थ बन्देज सुरु

सुर्तीजन्य पदार्थ बन्देज सुरु

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

विराटनगर, १४ माघ ।

प्रदेश १ मा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाइएको छ । सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको काम प्रदेश १ सरकारको मन्त्रालयबाट सुरु गरिएको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले मंगलबार सरकारका मन्त्रालय अगाडीका पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो । मन्त्रीपरिषद्को सोमबारको बैठकले सार्वजानिक स्थल आसपासको एकसय मिटर दुरी भित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ मा अनुसार सार्वजानिक स्थलमा पूर्ण रुपमा बिक्री वितरणमा प्रतिबन्ध लगाइने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश राजधानीबाट सुरु गरिएको यो अभियानलाई विराटनगर महानगरपालिकाले माघ महिना भित्रै कार्यन्वयनमा ल्याईसक्ने भएको छ ।
मानव स्वास्थ्यको लागि हानिकारक सुर्तीजन्य पदार्थको सेवन, बिक्री वितरण तथा प्रदर्शन गर्न निषेध ऐनले गरेको छ । व्यवस्था उल्लंघन गर्नेलाई कानून बमोजिम सजाय गरिने छ ।


मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ सेवनले मानिसलाई लाभ भन्दा बढी हानि पु¥याउने भएकोले नागरिकको स्वास्थ्यलाई जोगाउन सरकारले स्वथ्य जीवन प्रवद्र्धन कार्यक्रम सुरु गरेको बताउनुभयो । उहाँले कुनै पनि नागरिकको जीवन क्षतिबाट बचाउन राज्यले चाल्नु पर्ने कदमको रुपमा बुझिदिन अनुरोध समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ