दयावती सरदारले प्रेमीसँग मिलेर यसरी गरिन् श्रीमानको हत्या

दयावती सरदारले प्रेमीसँग मिलेर यसरी गरिन् श्रीमानको हत्या

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

माघ १४, मोरङ ।
मोरङका ४५ को विकास सरदारको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको छ । ग्रामथान गाउपालिका वडा नं. ३ स्थित ढङटोलीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यू भएको भनिएका सरदारको आफ्नै श्रीमतीले प्रमीसँग मिलेर हत्या गरेको खुलेको हो ।

गत माघ ६ गते विहान अन्दाजी ५ बजे सरदार खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको अवस्थामा भेटिएको थियो । ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दा सरदारको डुवेर मृत्यु नभई निजकै श्रीमती दयावती सरदार र कटहरी गाउँपालिका ७ का ३६ बर्षिया बोस भन्ने बद्री सरदारको मिलेमतोमा हत्या भएको खुलेको थियो , लगत्तै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मंगलबार जिल्ला प्रहरी कार्यलय मोरङले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।

माघ ५ गते राति ८ बजेको समयमा विकाश सरदारको घरमा बद्री सरदार, ललन सरदार र मुकेश सरदार गई निजको घरमा मदिरा किनेर खाएको र विकाश सरदारलाई गाँउमा तास खेल्न जाउँ भनि ललाई फकाई घटनास्थलमा लगि फलामको डण्डाले टाउकोमा प्रहार गरी कर्तब्य गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

दयावती सरदार र बोस भन्ने बद्री सरदारका वीच शारीरिक सम्बन्ध रहेको र सोही सम्बन्धको बिषयलाई लिएर निजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

मृतक विकाश सरदारको श्रीमती दयावति देवि सरदार घरमा एक्लै भएको अबस्थामा बद्री सरदार आउने र राति पनि सँगै बस्ने गर्नुका साथै दुईबीच शारीरीक सम्बन्ध रहेकोकुरा गाउँभरी हल्ला भएपछि विकासले पनि जानकारी पाएकोले घटना लुकाउन उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको बताएको छ ।

विकाशको हत्यको योजना ७ दिन अघि नै बनेको पनि बताईएको छ । विकासलाई रडले हान्दा पनि मृत्यु नभएकोले गम्छाले घाटी कसी मारी घटनास्थल नजिकै बाटो छेउमा रहेको जमेको पानिमा घिसारेर लगि फालिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ