घोराही महोत्सवमा बुधवार ज्योती मगर आउने

घोराही महोत्सवमा बुधवार ज्योती मगर आउने

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को छौठौं दिन भोली चर्चिच गायिका तथा मोडल ज्योती मगर आउने भएकी छन् ।
महोत्सवमा ज्योतिले नृत्य सहित लोकदोहोरी र अन्य थुप्रै प्रस्तुति देखाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । बुधवार ज्योति सहित चन्द्र शर्मा, विजय पुन, कमल नारायणी डान्स गु्रप, गोमा रिजाल, पुजा नेपाली लगायतका कलाकाहरु आउने छन् । बुधवार लोकदोहोरी प्रतियोगिता सहित अन्य थुप्रै स्थानीय कलाकारहरुले प्रस्तुती देखाउने छन् ।
महोत्सवमा सोमवारको तुलनामा मंगलवार दर्शकहरुको घुईचो निकै बढेको थियो ।
महोत्सवमा आज राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, कला लम्साल, रमेशराज भट्टराई, रुपा घर्ती मगर, विजय पुनका साथमा स्थानीय थुप्रै कलाकारहरुले प्रस्तुति देखाएका थिए । त्यसैगरी जनवादी गायक झंकार बुढा मगरले समेत आफ्नो प्रस्तुती देखाएका थिए ।
महोत्सवमा चन्द्र शर्मा, रमेशराज भट्ट्राई, देवकला बस्नेत र रुपा घर्ती मगरको दोहोरीमा घम्साघम्सी परेको थियो । उनीहरुले गित गाइरहँदा दर्शकहरु छमछमी नाचेका थिए । महोत्सवमा पहिलो सेसनमा प्रकाश पुनले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
युवा पुस्ताका लोकप्रिय गायक रमेशराज भट्ट्राईले ‘बेहुला बनाउँछु भन्थि, बहुला बनाएर गई’ बोलको गित प्रस्तुत गर्दा दर्शकहरुको हुटिङ निकै बढेको थियो ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमहरुमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समन्वय गरेर प्राथमिकतामा राखिएको अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ