कुटपिटबाट १ जनाको मृत्यु,  ७ जना प्रहरी नियन्त्रणमा

कुटपिटबाट १ जनाको मृत्यु,  ७ जना प्रहरी नियन्त्रणमा

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मोरङ, माघ १४ ।

मोरङको धनपालथान गाउँपालिका-४ का ३८ बर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको छ । गत माघ ४ गते धनपालथान गाउँपालिका-४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका मुखियाको उपचारको क्रममा हिजो, सोमवार राती साँढे ८ बजे बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो भने कुटपिटमा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणी चन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो । यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुना कुमारी महतो भने सामान्य घाईते रहेको हुँदा प्रहरी चौकी कर्सियाको निग्रानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ