मोरङ र पाँचथरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

मोरङ र पाँचथरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बिराटनगर, माघ १४ ।
मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ११ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका(४ गछियमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी(४ का २६ बर्षीष धिरेन्द्र खत्रीको मृत्यु भएको हो ।
दुर्घटनमा परी गम्भीर घाईते भएका खत्रीको बिराटनगरको बिराट नर्सीङहोममा उपचारको क्रममा राती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ ।
यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका(३ गोपेटारमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ७ बजेको समयमा कालापानीबाट गोपेटार आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्याक्टरमा सवार रहेका याङवरक गाउँपालिका(५ का ४३ बर्षीय शिवलाल काङवाङ सोही ट्याक्टरबाट लडेर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि पाथिभरा अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ