माघ १४, भैरहवा
रुपन्देहीको रोहीणी गाउँपालिका ४ छिपागढमा दुई वटा ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका–४ का लालु कुर्मी, भविकन कुर्मी र पुर्ण बहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
आज बिहान भैररहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक र परासीबाट भैरहवातर्फ आउँदै गरेका ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक परासी सडक खण्ड अन्तरगत छिपागढमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घाईते मध्ये पाँच जनाको भैरहवास्थित भीम अस्पतालमा र चारजना युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइततेमध्ये एकजना ट्रक चालक तनहुका बिरेन्द्र गुरुगं, पाल्ही नन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजनको भीम अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै मेडिकल कलेजमा नवलपरासीको पाल्ही नन्दन ४ का २७ बर्षिय बिनोद धवल, ४० बर्षिय दुधही हरिजन, २७ बर्षिय मोहन राय र ३२ वर्षिय सुवास कुर्मीको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।