विराटनगर, १३ माघ ।
प्रदेश १ काे मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ २३ गते ३ बजे बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेकेा छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेकेाप्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।
यसैगरी बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनयुक्त प्रदेश बनाउने निर्णय गरेको छ । कानून अनुसार प्रदेश सरकारका सातै मन्त्रालय आसपासको सय मिटर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री र प्रयोगमा मंगलबारबाट रोक लगाउने निर्णय भएको मन्त्री आङ्बोले जानकारी दिनुभयो ।
यस्तै मुख्यमन्त्रीको निर्वाचित भएको दुई वर्ष पुग्नलाग्दा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सल्लाहकार समूहलाई पूर्णता दिनुभएको छ । मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा डा.महेन्द्र गुरुङ र सूचनाप्रबिधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गरेको हो ।
मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त बस्नेत नेकपा प्रदेश कमिटि सदस्य हुन् । यसैगरी आर्थिक सल्लाहकार नियुक्त गुरुङ पूर्वसहसचिब हुन् ।
बैठकले प्रदेश लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.सरोज कोइरालालाई नियुक्त गरेको मन्त्री आङ्बोले जानकारी दिनुभयो । प्रादेशिक औद्योगिक व्यवसाय बिधेयक, प्रदेश बन बिधेयक, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रदेशसभामा पेश गर्न बैठकले अनुमति दिएको छ । सोमबारको बैठकले विभिन्न २४ वटा निर्णय गरेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline