नेकपाद्वारा एनसेल सिम बहिस्कार गर्न र घरको छतबाट टावर हटाउन अपिल

नेकपाद्वारा एनसेल सिम बहिस्कार गर्न र घरको छतबाट टावर हटाउन अपिल

  • सोमवार, माघ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ,१३ माघ ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्लाले जनताको घरको छतमा राखिएको एनसेल टावर तत्काल हटाउन र सिम बहिष्कार गर्न अपिल गरेको छ ।

जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र सेक्रेटरी भुवन जिसीले प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने, जनतालाई ब्रह्मलुट गर्ने एनसेल विरुद्ध प्रतिरोध गर्ने र एनसेल बढार्ने जनसंघर्षको क्रममा हुने सम्भावित खतराप्रति सचेत रहन जनसमुदायलाई अग्रिम अपिल गरेका छन् ।

नेकपा पाल्पाले विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

विज्ञप्तिमा आफ्नो जनविरोधी तथा राष्ट्रघाती कार्य र दलाल पुँजीवादी व्यवस्थाको असफलता र अलोकप्रियतालाई ढाकछोप गर्न नेकपामाथि कथित प्रतिबन्ध लगाएर फासिवादी जनदमन गरिरहेको बताईएको छ

साथै वैदेशिक हस्तक्षेप र फासिष्ट दमनको प्रतिरोध गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा पार्टीले निरन्तर जनसंघर्षको नेतृत्व गरिरहेको उल्लेख छ । ‘आजैका दिनदेखि घर, आँगननजिक, घरको छतमा राखिएका एनसेलका टावरहरू हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गर्दछ,’ नेकपा पाल्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ