ओखलढुङ्गामा जीप दुर्घटनाः एकको मृत्यु, रौतहटमा ट्याक्टरमा च्यापिएर चालकको ज्यान गयो

ओखलढुङ्गामा जीप दुर्घटनाः एकको मृत्यु, रौतहटमा ट्याक्टरमा च्यापिएर चालकको ज्यान गयो

  • सोमवार, माघ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

ओखलढुङ्गा, १३ माघ ।
ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान साढे ६ बजे दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसैबीच, रोतहटको फतुवा बिजयपुर ८ पेटभवाककमा ट्रयाक्टर दुर्घटनामा हुँदा बारा सिमननगढ ११ का २९ बर्षिय राजकिशोर साहकानुका मृत्यु भएको छ ।

लालबकैया खेलाबाट बोल्डर लोड गरि बारा सिमननगढ तफकक जादैँ गरेको ना ६ त ५९०४ नं. को ट्रयाक्टर सडकमा पल्टिएर दुर्घटना हुँदा ट्रयाक्टर चालक साहकानुको सोहि ट्रयाक्टरले च्यापेर मृत्यु भएको प्रहरी निरिक्षक प्र.निचन्द्र किशोर साहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ