१३ माघ, डडेल्धुरा । डडेल्धुरामा एक सरकारी कार्यालयमा बम बिष्फोट भएको छ ।
सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा सामान्य क्षति पुगेको छ ।
बम बिष्फोट कसले गराएको भन्ने यकिन भएको छैन । प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।
डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा रहेकोमा सुतली शैलीको बम बिष्फोटबाट स्थानीय आतंकित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline