सर्वोच्चको संवैधानिक विज्ञमा डा. रामकृष्ण तिमिल्सिना नियुक्त

सर्वोच्चको संवैधानिक विज्ञमा डा. रामकृष्ण तिमिल्सिना नियुक्त

  • शनिबार, माघ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाडौं,११ माघ । डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा नियुक्त हुनुभएकाे छ । संविधान र कानुनविद् मध्येबाट पहिलोपल्ट संवैधानिक इजलास विज्ञको रुपमा नियुक्त हुनुभएका डा. तिमिल्सिनाले माघ १ गतेबाट नै जिम्मेवारी सम्हाल्नुभएकाे छ ।

सर्वोच्चकै पूर्वरजिष्ट्रार तिमिल्सिनालाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा नियुक्त गर्नुभएकाे हाे।  संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ नियुक्तिको व्यवस्था छ। सोही व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गर्नुभएकाे हाे ।

नेपालको संविधान २०७२ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ।  तिमिल्सिनाले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने बताउनुभएकाे छ ।

‘मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ। मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म संवैधानिक इजलासलाई रचनात्मक सहयोग पुर्याउने छु’, उहाँले भन्नुभयाे, ‘संवैधानिक इजलासको प्रभावकारिता बढाउन र न्यायमा छिटो पहुँचका लागि इमान्दारिपूर्वक काम गर्नेछु।’

डा. तिमिल्सिनाले सूचनाको हकमा विद्यावारिधी गर्नुभएकाे छ । डा. तिमिल्सिना ललितपुरकाे समानेपामा रहेकेा नेशनल ल कलेजका संस्थापक सञ्चालकसमेत हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ