काठमाडौं, १० माघ । नेपाल कन्युनिस्ट पार्टीले गिरफ्तार नेता कार्यकर्ताकाे रिहाइ तथा एमसीसी खारेजीकाे माग राख्दै शुक्रबार देशभर प्रदर्शन तथा अन्तर्कृया गरेकेा छ । कैलाली, कञ्चनपुर, कालिकोट, सुर्खेत, दाङ, रोल्पा, नवलपरासी, नवलपुर र चितवनलगायत देशैभरी फोटो सार्वजनिक गरी छलफल, भेटघाट र अन्तरक्रिया सम्पन्न गरेको हाे ।
नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जिल्लाका विभिन्न ठाउँमा सरकारबाट गैरकानुनी रूपले गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुको फोटो सार्वजनिकसहित प्रदर्शन गरेको छ । आफ्नो राजनीतिक तथा सांस्कृतिक अभियान तिब्र रूपमा गरिरहेको उक्त पार्टीले कालिकोटको माल्कोट सेरापाटामा विशाल जनसभासहित कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा जिल्ला इन्चार्ज कर्ण भण्डारी ‘बिराट’ र जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए ।
उनीहरूले दलाल सरकारका विरुद्ध देशवासी र राष्ट्रप्रेमी आम नेपालीलाई आफ्नो राष्ट्रिय जनजागरण अभियानमा सहभागी हुन अनुरोधसमेत गरे । एमसीसी सम्झौतालाई कुनै पनि हालतमा पास हुन नदिने यदि पास भएमा कडा संघर्षमा जाने चेतावनी दिए ।
त्यसैगरी सुर्खेतमा पनि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आस्थाका बन्दीहरू रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् ।
त्यसैगरी कैलाली र कञ्चनपुर जिल्लामा पनि राजबन्दीहरुको रिहाई र एमसीसी खारेजीको माग गर्दै विभिन्न ठाउँमा फोटो प्रदर्शन गरेका छन् ।
यस्तै नवलपुरको विभिन्न क्याम्पस तथा विद्यालयहरुमा राजबन्दी रिहाइ र एमसीसी खारेजको विषयमा फोटो सार्वजनिकसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले पनि शुक्रवार जेल तथा हिरासतमा बन्दीबनाईएका नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै फोटो प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेको छ । कपिलबस्तु जिल्लाको विभिन्न ग्रामीण वस्तीहरुमा नेकपाका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा बन्दीहरुको फोटो प्रदर्शन तथा कोणसभा गरिएको हो । कोणसभालाई नेकपाका कपिलवस्तु जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।
माघ १५ गतेसम्मका चरणबद्ध विभिन्न कार्यक्रमको सार्वजनिक गरेको नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्नेे चेतावनी दिइसकेको छ ।
