नेकपा नेतृ भुजेल र पौडेल अदालतले रिहा गरेलगत्तै पुनः पक्राउ, झापा लैजाने तयारी

नेकपा नेतृ भुजेल र पौडेल अदालतले रिहा गरेलगत्तै पुनः पक्राउ, झापा लैजाने तयारी

  • शुक्रबार, माघ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

इटहरी, १० माघ ।
नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची कोशी व्युरो सदस्य उमा भुजेल शिलु र कार्यलय सचिव सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।
गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार उनीहरुलाई जिल्ला अदालत सुनसरीले आज १० हजार धरौटीमा रिहा गरेको हो ।
इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ शिलु र पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको सुनसरी जिल्ला अदालतका प्रवक्ता गोपाल प्रसाद गिरीले जानकारी दिनुभयो ।
अदालतले रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो । धरौटी रकम बुझाएलगत्तै अदालत परिसरबाटै उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
दुबैजनालाई झापा लैजाने तयारी गरिएको बुझिएको छ । उनीहरुको बिरुद्धमा झापामा अर्को मुद्धा रहेकाले त्यतै पठाउने तयारी भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले मिर्मिरेलाई जानकारी दिए ।
यसअघि पुस १२ गते प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र सचिव पौडेललाई सुनसरीबाट पक्राउ गरि विस्फोट सम्बन्धी मुद्धा चलाएको थियो ।
तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य तथा पूर्वसांसद समेत रहेकी नेतृ भुजेललाई प्रहरीले यसअघि पनि काठमाडौंबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेश पछि उनी रिहा भएकी थिईन् ।
भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ