पदम विश्वकर्माको तमसुक कथा संग्रह बजारमा

पदम विश्वकर्माको तमसुक कथा संग्रह बजारमा

  • शुक्रबार, माघ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

 

लमजुङको धमिली कुवामा जन्मेर अमेरिकालाई कार्यथलो बनाएका पदम विश्वकर्मा एक सफल व्यवसायी, कुशल साहित्यकार र समाजसेवी हुनुहुन्छ ।

२०२५ असोज १४ गते लमजुङमा जन्मिएर २०५८ मा अमेरिका पुग्नु भएका विश्वकर्माले रेडक्रसबाट जागिरे जीवन आरम्भ गरेपनि अहिले उहाँ सफल व्यवसायीको रुपमा परिचित हुुनुहुन्छ ।

नेपालमात्र होइन अमेरिकामा समेत उहाँको समाजसेवी भावनाले विश्राम लिएको छैन, अझ मौलाएको छ । समाज सेवादेखि व्यवसायिक र साहित्य क्षेत्रको त्रिकोणात्मक सेवा सम्बन्ध रहेको छ ।

व्यवसायिकतासँगै साहित्य र समाजसेवालाई सँगसँगै अगाडी बढाउनु भएको विश्वकर्माले अमेरिका पुगेका कयौं नेपालीलाई अप्ठ्यारो परिस्थितिमा साथ र सहयोग दिँदै आउनु भएको छ । आफ्नो सिप र दक्षताअनुसार उहाँले नेपालीलाई अमेरिकामा रोजगारीको अवसर दिनुभएको छ ।

नेपाली भाषा, कला संस्कृति, रितिरिवाज र संस्कार सम्बन्धि जानकारी गराउने हिसावले नेपालीमूलका अमेरिकी बासिन्दालाई पाठयक्रम नै विकास गरेर उहाँले नेपालीपना र मायालाई अमेरिकी माझ पुर्याउनु भएको छ ।

‘शब्द सुमन’ कविता संग्रह लेखेर आम जनतामाझ छाइसकेका विश्वकर्माले भर्खरै ‘तमखुक’ नामक कथा संग्रह बजारमा आएको छ । नेपालको ग्रामीण परिवेशको वास्तविकतादेखि अमेरिकासम्मको यात्राको इतिवृत्तान्त कथाका विभिन्न शीर्षकमा पाउन सकिन्छ ।

उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा दुई कार्यकाल अध्यक्ष समेत भइसक्नु भएको छ । अमेरिकामा बसेपनि उहाँले विभिन्न देशको भ्रमण समेत गर्नु भएको छ । -सुरेश कोइराला

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी