सिङ्गो राष्ट्र सुशासन र विकासमा सशस्त्र प्रहरी जुटेको छः प्रधानमन्त्री ओली

सिङ्गो राष्ट्र सुशासन र विकासमा सशस्त्र प्रहरी जुटेको छः प्रधानमन्त्री ओली

  • बिहिबार, माघ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, ९ माघ । प्रधामन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ । १९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै शान्ति सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, जनताको जीउधनको सुरक्षा गर्दै सुशासन कायम गर्ने सन्दर्भमा इमानदारी र निष्ठापूर्वक काम गरेको बताउनुभयो ।

उहाँले देश र जनताको पक्षमा क्रियाशील हुँदै आफ्नो जीवन अर्पण गर्ने सशस्त्र प्रहरी बलका सम्पूर्ण दर्जाका शहीद प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बलका सम्पूर्ण दर्जाका शहीद प्रहरीलाई हामीले केही समयअघि मात्रै शहीद घोषणा गरेका छौँ, उहाँहरुको वीरताको मुक्तकण्ठले प्रशंसा गर्न चाहान्छु, उहाँहरुले देशको शान्ति, सुरक्षा र अपनचयन कायम गर्न र जनताको जीउधनको सुरक्षाका लागि आफ्नो ज्यानको आहुती दिनुभयो, उहाँहरु प्रशंसनीय हुुनुहुन्छ ।”

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले बाढीपहिरो, आगलागी, भूकम्प वा अन्य कठिनाइपूर्ण समयमा समेत असाधारण योगदान गरेको भन्दै विसं २०७२ को महाभूकम्पको बेला सशस्त्र प्रहरीले निभाएको कर्तव्य अतुलनीय रहेको बताउनुभयो । सरकार संविधान कार्यान्वयन एवं सुशासन कायम गर्दै तीव्र विकासको बाटोमा अगाडि बढिरहेको उहाँले दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणसँगै गरिबी, निरक्षरता र पछौटेपनको अन्त्य गरी विकसित र समृद्ध आधुनिक समाजको निर्माण गर्ने अभियानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिङ्गो राष्ट्र सुशासन र विकासमा जुटेको छ, समृद्ध नेपालका लागि राष्ट्रभित्र राज्यका सबै अङ्गहरु, नागरिक समाजदेखि सर्वसाधारण नागरिकको योगदान आवश्यकता छ, यो आवश्यकता सशस्त्र प्रहरीेले पूरा गरिरहेको छ ।”

गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीले राष्ट्रको सीमा सुरक्षा एवं विपत् व्यवस्थापन र जुवा नियन्त्रणको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको बताउनुभयो । उहाँले देश सङ्घीयताको कार्यान्वयनसँगै सङ्घीय संरचनाअनुसार अगाडि बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बलको काँधमा सङ्घीय सरकारको आन्तरिक सुरक्षासँगै सीमा सुरक्षामा अहम जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय मातहत सञ्चालन हुने सशस्त्र प्रहरी बलको भूमिका अझै महत्वपूर्ण हुनेछ, मन्त्रालयमातहत रही परिचालन हुने सशस्त्र प्रहरी बलले प्रदेश सरकार, स्थानीय सरकार र अन्य सुरक्षा निकायसँग समन्वय गरी कार्य गर्नुपर्ने हुन्छ ।” गृहमन्त्री थापाले सशस्त्रमा आवश्यक जनशक्ति थप गर्नका लागि गृह मन्त्रालयले जतिसक्दो चाँडो त्यससम्बन्धी आवश्यक नीति बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ