पूर्वमन्त्री श्रीप्रसाद जवेगुको कथासंग्रह ‘साप्थबा’को विमोचन हुँदै

पूर्वमन्त्री श्रीप्रसाद जवेगुको कथासंग्रह ‘साप्थबा’को विमोचन हुँदै

  • बिहिबार, माघ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, ९ माघ ।
पूर्वमन्त्री श्रीप्रसाद जवेगुको कथासंग्रह ‘साप्थबा’ बजारमा आउदैँछ । यहि माघ ११ गते विमोचन गरेसँगै उक्त कथासंग्रह पाठकले पढ्न पाउनेछन् ।
चुम्लुङहिम ललितपुरकोमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आथित्यतामा कथासंग्रहको विमोचन गर्ने तयारी गरिएको लेखक जवेगुले बताए ।
फालेलुङ ८ पाँचथरमा जन्मिएका जवेगु तत्कालिन नेकपा माओवादीले सन्चालन गरेको जनयुद्धमा होमिएका थिए । राष्ट्र र जनताको मुक्तिको लागि भन्दै जनयुद्धमा ज्यानको बाजी थापेर लडेका उनी सबैकुराको निक्यौल वर्गीयमुक्तिबाट हुन्छ भन्ने सोच राख्दथे ।
तर पछि वर्गीयमुक्ति र जातीयमुक्ति आन्दोलन सँगसँगै लैजानुपर्छ भन्ने सोचका साथ आफु अगाडि बढेको र जाति, भाषा, लिपि र संस्कार सस्कृतिबारे अध्ययन गदागर्दै यो संग्रह तयार भएको कुरा उक्त संग्रहरुमा उल्लेख समेत गरेका छन् ।
साप्थबा लिम्बु भाषाको शब्दहो । लिम्बु मृत्यु संस्कारसँग जोडिएरसाप्थबा तयार भएको र यो सँगै अन्य पन्ध्र वटा आलेखहरु समावेश गरिएको जवेगुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी