रेबानले बन्दिपुर फेष्ट आयोजना गर्ने,काे-काे कलाकार जादैँछन् ?

रेबानले बन्दिपुर फेष्ट आयोजना गर्ने,काे-काे कलाकार जादैँछन् ?

  • बिहिबार, माघ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौं, ९ माघ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले रेबान बन्दिपुर फेष्ट २०२० आयोजना गर्ने भएको छ । रेबानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ र १८ गते कार्यक्रममको आयोजना गर्ने बताएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्य कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

भ्रमण वर्षमा रेबान पोखरा र सौराहसँगै केन्द्रिय रेबानले पनि रेष्टुरेण्ट व्यवसायको सेवामा अभिवृद्धि गरी खाना प्रवर्द्धन कार्यक्रमहरु आयोजना रहेको जनाइएको छ ।

यस कार्यक्रममा मूख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजकहरुमा जाउलाखेल ग्रुप अफ कम्पनी, नेपाल डिस्टीलरी फाइल भइसकेको आयोजकले बताएको छ ।

सांस्कृतिकको विरासत रहेको बन्दिपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनमा कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ ।

अग्रिम टिकट प्याकेज खरिदका लागि रेबान केन्द्रीय कार्यालय, झम्सिखेल, दरबारमार्गको ओपीएम रेष्टुरेन्ट, ठमेलको केटु रेष्टुरेन्ट र नर्थफिल क्याँफे, महाबौद्धको एनडीज क्याँफे साथै द बेकरी क्याँफेका हरेक आउटलेटमा टिकट खरिदका लागि व्यवस्था मिलाइएको रेबानका महासचिब एकराज अधिकारीले जानकारी दिए ।

नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशान भट्टराई, योजना पुरी, मनिषा पोखरेललगायत अन्य कलाकारको विशेष प्रस्तुती समेत हुने आयोजकले जानकारी गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी