हास्यब्यंग्य अभिनेता माग्ने बुढाले चिट काट्ने ट्राफिक प्रहरीलाई जब अंकमाल गरे..

हास्यब्यंग्य अभिनेता माग्ने बुढाले चिट काट्ने ट्राफिक प्रहरीलाई जब अंकमाल गरे..

  • बिहिबार, माघ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ९ माघ । महिला प्रहरी रमिता र गायिका आस्था राउतको प्रकरणले मिडिया तातेको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका ट्राफिक प्रहरी जवान सन्तोष चौधरी कलाकार भनेपछि केही सशंकित थिए ।

बुधबार दिउँसो आफूलाई कार्यालयमा हास्यब्यंग्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ भेट्न आउँदा उनी शंसकित भए ।

आफ्नै हाकिमको कोठामा चर्चित कलाकारले बोलाउँदा उनी डराउनु स्वभाविकै हो । किनकी सोमबार विहान मात्र सन्ताषले केदार घिमिरेको कारको ब्लु बुक लिएर चिट काटेका थिए ।

केदार घिमिरेले अब के भन्छन भन्ने एक किसिमको बेचैनमा सन्तोष थिए । उनलाई एक्कासी यी कलाकारले जब अंकमाल गरे । त्यतिबेला सन्तोष छक्क परे ।

घिमिरेले चिट काटेकोमा धन्यवाद भाइ भन्दै सन्तोषको कामको प्रशंसा उनकै हाकिमका अगाडी गरेका हुन । राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ