हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, १ गम्भीर घाईते

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, १ गम्भीर घाईते

  • बुधबार, माघ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

८ माघ, हेटौंडा । पूर्व–पश्चिम राजमार्गगको हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । सोही मोटरसाइकलमा सवार अर्का एक जना भने गम्भीर घाइते भएका छन् ।

मृत्युहुनेमा हेटौंडा–१९का २१ वर्षीय सुनील स्याङ्ताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसँग ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते मनहरी–९ का साजन भोलनको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ