बहुउद्देश्यीय सभागृह नबन्दै विवाद, वडाअध्यक्षले लेखे ‘नोटअफ डिसेन्ट’

बहुउद्देश्यीय सभागृह नबन्दै विवाद, वडाअध्यक्षले लेखे ‘नोटअफ डिसेन्ट’

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

–तारानाथ आचार्य
बलेवा, ७ माघ ।
बागलुङको बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहल काम शुरु नहुँदै विवादमा तानिएको छ ।

गाउँपालिकाको केन्द्र रहेकै क्षेत्र आसपासमा सभाकक्ष निर्माण गर्नुपर्ने नीतिगत व्यवस्था विपरीत निर्माण हुन लागेको बहुउद्देश्यीय सभाहल काम शुरु नहुँदै विवादमा तानिएको हो । गाउँपालिकाले पायक नपर्ने स्थानमा सभाहल निर्माणको प्रक्रिया थालेको भन्दै राजनीतिक दल र जनप्रतिनिधिले त्यसको चर्को विरोध गरेका छन् ।

गत जेठ ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बहुउद्देश्यीय सभाहल बनाउने विषयमा निर्णय गरेको थियो । गण्डकी प्रदेश सरकारको भौतिक योजना मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा उक्त हल निर्माण गर्ने निर्णय भएको थियो । मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत गरी रु एक करोड १० लाखको लागतमा भवन निर्माण गर्ने तयारी छ । गाउँसभाले वडा नं १ बरेङमा सभाहल बनाउने निर्णय गरेको भन्दै नेकपा, राष्ट्रिय जनमोर्चा र नेपाली काँगे्रस तीन दलले विरोध गरेका थिए । गाउँसभामा सहभागी भएका जनप्रतिनिधिले समेत सभाहल बरेङमा बनाउने विषयमा आफूहरू सहमत नभएको र झुक्याएर हस्ताक्षर गराइएको भन्दै जेठ २५ गते गाउँपालिकामा असहमतिपत्र बुझाएका थिए । वडा नं ४ का अध्यक्ष लीलबहादुर खत्रीसहित १४ जना जनप्रतिनिधिले असहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सभाहल निर्माणका विषयमा विवाद भएपछि विभिन्न चरणमा गाउँपालिका र मन्त्रालयमा समेत विरोधपत्रहरू दर्ता भएका छन् । जेठ ९ गते भएको निर्णयमा असहमति जनाउँदै जेठको २७ गते भौतिक पूर्वाधार मन्त्रालयमा तीन दलका प्रतिनिधिले हस्ताक्षर गरेको पत्र बुझाइएको थियो । नेकपा गाउँ कमिटीका अध्यक्ष प्रतिप थापा मगर, काँग्रेसका होमबहादुर श्रीस र राजमोका हिराबहादुर थापाले हस्ताक्षर गरेको पत्र मन्त्रालयमा पठाइएको थियो ।

गाउँपालिकाको केन्द्र रहेको वडा नं २ सुदालाभन्दा केही पर निर्माण गर्न थालिएको प्रक्रियामा उनीहरूले असहमति जनाएका हुन् । केन्द्र रहेकै सुदाला आसपासमा बहुउद्देश्यीय सभाहल निर्माण गर्नुपर्ने नेकपा बरेङ गाउँ कमिटीका अध्यक्ष प्रदीप थापा मगरले बताउनुभयो । “केन्द्रभन्दा कैयौँ कोष टाढा पु¥याएर भवनका लागि जग्गा लिइएको छ, त्यो बरेङवासी सबैलाई अपायकको ठाउँ हो”, उहाँले भन्नुभयो, “अध्यक्षको स्वार्थमा गरिएको निर्णयले सर्वसाधारणले सास्ती पाउनुहुन्न ।” उहाँले वडा नं २ को सुदालामा नै भवन निर्माण गर्नुपर्ने बताउनुभयो ।

सभाहल गाउँपालिका केन्द्र नजीकै निर्माण गर्नुपर्ने माग गर्दै नेकपाले पुनः गाउँपालिकालाई पत्र बुझाएको छ । सबैलाई पायक पर्ने र गाउँपालिका केन्द्रभन्दा टाढा पुगेर सभाहल निर्माण नगर्न अनुरोध गर्दै पुस २७ गते गाउँपालिकालाई पत्र बुझाएको अध्यक्ष थापाले बताउनुभयो । “नजीकैमा जग्गा चाहिए उपलब्ध गराउन हामीले पहल गर्छौं”, उहाँले भन्नुभयो, “बहानाबाजीमा सभाहल टाढा पु¥याउन दिँदैनौँ ।”

गाउँपालिकाले भने केन्द्र रहेकै वडामा सभाहल निर्माणको प्रक्रिया अघि बढेको बताएको छ । “हामीले केन्द्र रहेकै वडामा जग्गा प्राप्ति गरेर प्रक्रिया अघि बढाएका हौँ”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “वडा नं १ को बरेङ बजार र गाउँपालिका केन्द्रबीच सभाहल बन्छ ।” बाहिर चर्चा भएको र विरोध भएको जस्तो वडा नै अन्तर पारेर सभाहल निर्माण नहुने उहाँले बताउनुभयो । “गाउँसभामा सर्वसम्मत निर्णय भएको विषय हो, एकजना वडाअध्यक्षले मात्रै ‘नोटअफ डिसेन्ट’ लेख्नुभएको छ”, उहाँले भन्नुभयो, “हामी सबैको पायक पर्ने स्थानमा नै सभाहल निर्माण गर्छौं ।”

प्रदेश सरकारको सहयोगमा निर्माण हुने सभाहलको बजेट फ्रिज हुन नदिनकै लागि जग्गा प्राप्ति भइसकेकै स्थानमा सभाहल निर्माणको काम थालिएको अध्यक्ष शर्माले बताउनुभयो । राजनीतिक दलहरूको कार्यक्रमदेखि सामाजिक सङ्घसंस्थाले पनि यसअघि कार्यक्रम गर्दा विद्यालयका कोठा माग्नुपथ्र्यो । विद्यालयमा पढाइ प्रभावित नपार्ने अभियानका लागि पनि गाउँपालिका आसपासमा बनाउनुपर्ने प्रावधान राखिएको प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ