७ माघ, मोरङ ।
मोरङको बुधनगरमा रहेको एकीकृत जाँच भन्सार विन्दु (आईसिपि) आजबाट सञ्चालनमा आउदैँछ । भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि आजबाट आईसिपी सञ्चालनमा आउन लागेको हो ।
आज भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीलाई संयुक्त रुपमा भिडियो कन्फ्रेन्स मार्फत आईसिपिको उद्घाटन गरेसँगै सन्चालनमा आउने संघीय आयोजना कार्यान्वयन इकाइ मोरङका सूचना अधिकारी राजु शर्माले बताउनु भयो ।
उद्घाटनलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसिपी सञ्चालननमा ल्याउने तयारी छ । भारतीय पक्षले यसअघि गएको भदौ १५ मा नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो ।
तर विद्युत जडान र वाल निर्माणको सम्पूर्ण काम पूरा नभएपछि आइसिपी हस्तान्तरणको अवधि पाँच महिना पछाडि धकेलिएको थियो ।
बुधनगरमा आइसीपी दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने भनिएपनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो ।
आईसिपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ ।