विराटनगरको एकिकृत जाँच चौकी हस्तान्तरण भोलि

विराटनगरको एकिकृत जाँच चौकी हस्तान्तरण भोलि

  • सोमवार, माघ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

विराटनगर, ६ माघ ।

नेपाल–भारत सीमाक्षेत्र विराटनगर–१८ मा भारतले निर्माण गरेको एकिकृत जाँच चौकी (आईसीपी) भोलिबाट सन्चालनमा आउने भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकमक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत आईसीपीको उद्घाटन गरी नेपाललाई हस्तान्तरण गरेसँगै सन्चालनमा आउने जनाईएको छ ।

भारतले निर्माण सम्पन्न पश्चात भोली मंगलवार नेपाललाई आईसीपी हस्तान्तरण गर्ने छ । नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले त्यसको कार्यक्रमको लागि तयारी पूरा गरिसकेको डेपुटी निर्देशक हरिकृष्ण मिश्राले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट भारतीय समकक्षी नरेन्द्र मोदीसँग आईसीपीको स्वामित्व ग्रहण गर्ने कार्यक्रम राखिएको मिश्राले जानकारी दिनुभयो ।

आईसीपी हस्तान्तरणको सबै प्रक्रिया पूरा भईसकेको छ । सिंहदरबारमा प्रधानमन्त्रीले आईसीपीको स्वामित्व ग्रहण गर्ने कार्यक्रमसँगै विराटनगर–१८ बुधनगर क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, भन्सारका प्रतिनिधि र भारतीय दुतावासका प्रतिनिधिसहित टोलिको उपस्थितिमा कार्यक्रम आयोजना गरिने भएको छ ।

भारतीय कम्पनि दिनेशचन्द्र एण्ड आर.अग्रवाल इन्फ्राकन अहमवाद परियोजनाले आईसीपीको निर्माण गरेको हो । सन् २०१७ मार्चदेखि सुरु भएको काम दुई वर्ष अवधीमा सक्नुपर्ने भएपनि वर्षात् र बाढीको कारण देखाउँदै ढिलो भएको थियो । सन् २०१९ को फेब्रुवरीमा हस्तान्तरण गर्ने गरि सम्झौता भएपनि, दश महिनापछि आईसीपीको काम सम्पन्न भएर हस्तान्तरण गर्न लागिएको हो ।

आईसीपीको स्वामित्व लिएसँगै भन्सारसहित सुरक्षा, पशु, प्लान्ट तथा खाद्य क्वारेन्टाइन कार्यालय समेत विराटनगर–१८ मा स्थान्तरण हुनेछ । सबै प्रक्रिया मिलाउने काम भईरहेकोले हस्तान्तरणसँगै सञ्चालनमा समेत आउने बताइएको छ ।

नेपाल सरकारले अधिग्रहण गरेर उपलब्ध गराएको १२९ विघा जग्गामा भारत सरकारले २ अर्ब ८ करोडको लागतमा जाँच चौकी निर्माण गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ