काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सुरक्षामा खटिने प्रहरीलाई जिम्मेवारीमा रत्तिभर नचुक्न निर्देशन दिएका छन् ।
विमानस्थलस्थित प्रहरी कार्यालयमै पुगेको पोखरेलले कानुनको पूर्ण पालना गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।डीआईजी पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको सुरक्षामा खटिने एसएसपीदेखि जवानसम्म सबैलाई सामुहिक रुपमै निर्देशन दिए ।
उनले भने,‘‘विमानस्थलको सुरक्षा निकै सम्वदेनशिल विषय हो । चेकजाँचमा मानवअधिकारमैत्रि व्यावहारमा कहि नचुकौं । तर चेकजाँचमा कुनै कसर भने बाँकी नराखौं उनले कानुनले बर्जित गरेका सबै गतिविधीमा कठोरता साथ प्रस्तुत हुन निर्देशन दिए ।
विमानस्थको सुरक्षा व्यवस्था कमजोर हुँदा अपराधीक मानसिकता भएकाहरुले फाइदा उठाउनेतर्फ सचेत रहन पोखरेलले आग्रह गरे ।
विमानस्थलको सुरक्षाले अन्तराष्ट्रिय स्तरमै प्रहरीको पहिचान बढाउने भन्दै त्रुटिरहित सेवा प्रदान गर्नुपर्ने उनको भनाई छ डीआइजी पोखरेलले प्रहरी आचरण र व्यावहारमा कमजोरी पाइए कारवाही गर्ने चेतावनी समेत दिए ।
गायिका आस्था राउतको चेकजाँचको विषय चर्चामा रहेका बेला डीआइजी पोखरेल विमानस्थलमा पुगेका हुन् ।