विश्वका होचा व्यक्ति खगेन्द्रको निधन

विश्वका होचा व्यक्ति खगेन्द्रको निधन

  • शुक्रबार, माघ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडाैं, ३ माघ ।

होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् ।

मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका थापा मगरलाई आज दिउँसो करीब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिनुभयो । खगेन्द्रले विश्व कीर्तिमानी राखेको आठ महिना मात्रै रहेको थियो ।

उनको रेकर्ड जुनरी वालाविङले तोडेका थिए । जुनरी कीर्तिमानीलाई पनि नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । उनको पनि निधन भएपछि होचा व्यक्तिको नाममा जुनरी वालाविङको नाम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ