दुई सन्तान सहित रेग्मी दम्पतीले त्रिशूलीमा हामफाले

दुई सन्तान सहित रेग्मी दम्पतीले त्रिशूलीमा हामफाले

  • शुक्रबार, माघ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

धादिङ । बेनिघाटको बाँदरेस्थित झोलुगेंपुलबाट दुई सन्तानसहित दम्पतीले त्रिशूलीमा हाम फालेका छन् ।

घटनामा श्रीमतीको मृत्यु भएको छ भने दूई बालक बेपता भएका छन् । ३५ वर्षीय विनय रेग्मीको उद्धार गरिएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भएका रेग्मी गजुरीस्थित आदमघाटमा रहेको ससुराली आएका थिए ।

३२ वर्षीया श्रीमती जमुना, दुई वर्षीय र ६ महिने छोरासहित उनले बिहीबार साँझ साँढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीको भनाइ छ ।

त्रिशूलीको जलयात्रा गर्ने टोलीसँग रहेको उद्धार टोलीले विनयको उद्धार गरेको थियो प्रहरी उपरीक्षक रवीनद्र रेग्मीले बताए ।

जमुनाको शव पनि घटनास्थलनजिकै फेला परेको थियो । दुवै बालक बेपता छन् । कान्तिपुर दैनिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ