काठमाण्डौं माघ १ । प्रतिवन्ध लगाए पछि सरकार विरुद्ध सघर्ष गरीरहेको विप्लव नेतृत्वको नेकपाले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सहित वालुवाटारको ललिता निवासको सबै व्यक्ति र समुहका नाममा रहेको जग्गा कब्जाको घोषणा गरेको छ । जग्गामा पर्चा टासेर तथा जग्गा व्यक्तिको नाममा पार्ने प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विष्फोट गराउदै नेकपाले जग्गा कब्जा गरेको उल्लेख पर्चामा गरेको छ ।
सोही पर्चामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुगंको नाममा रहेको २२ रोपनी,गोयल ग्रुपसगँको २१ रोपनी,शोभाकान्त ढकाल र रामकुमार सुवेदीसगँ भएको २८ रोपनी,सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलको नाममा रहेको ८ आना ,गोपाल खनाल ग्रुपसगँ रहेको ४ रोपनी, पुरुषोत्तम पौड्यालसगँ रहेको एक रोपनी ५ आना,श्रदा ग्रुपसगँ ४ रोपनी,चाचन ग्रुप र केडिया ग्रुपसगँ तीन तीन रोपनी र अन्य २९ रोपनी गरी एक सय २९ रोपनी जग्गा पार्टीको मातहत आउने गरी कब्जा गरिएको र अर्को निर्णय नहुदा सम्म विक्री वितरण नगर्न भन्दै गरेको पाईएमा हदै सम्मको कार्बाही गर्ने भनी पर्चामा उल्लेख गरिएको छ ।


यो जग्गा प्रकरणमा लामो समयदेखि नाम जोडिएका शोभाकान्त ढकालको घरमा बम विष्फोट समेत गराईएको छ । उनको गेटमा सेबोटेज गरिएको सन्बन्धमा समेत पर्चा छरिएको जनाईएको छ ।
