मोरङ, पौष २९ ।
ईलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादीहरु पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।
अदालतबाट बिभिन्न मितिमा बहु-बिबाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धामा कैद तथा जरीवाना फैसला भई हाल सम्म पनी फरार रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागी अदालतमा बुझाएको हो ।
यहि पुस महिनामा मात्र ईलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी बुझाईसकेको छ भने फरार प्रतिवादीहरुलाई पक्राउ गर्न बिशेष टोली नै खटाई पक्राउ अभियान संचालन भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline