अख्यितारले बुझायो वार्षिक प्रतिवेदनः प्रदेश १ बाट मात्रै घुससहित ५७ जना रंगेहात पक्राउ

अख्यितारले बुझायो वार्षिक प्रतिवेदनः प्रदेश १ बाट मात्रै घुससहित ५७ जना रंगेहात पक्राउ

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

विराटनगर,२८ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोरङको बेलबारी नापी कार्यालयमा कार्यरत सर्वेक्षक दिनेश कुमार साहलाई ७ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

सोमबार दिउँसो इटहरी स्थित आयोगको कार्यालयबाट इनिस्पेक्टरको नेतृत्वमा गएको टोलीले सेवाग्राहीसँग घुस लिएको अवस्थामा साहलाई पक्राउ गरेको हो । बेलबारी नगरपालिका – १० का एक जना सेवाग्राहीसँग नापीका सर्वेक्षक साहले जग्गा नापेर सिमाङकन गरिदिने भन्दै घुस रकम लिने क्रममा अख्तियारबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको अख्यितार दुरूपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र प्रसाद ढकालले जानकारी दिए ।

यस अघि गत मंसिर १४ गते सशस्त्र प्रहरीका जवान सचितनारायण विश्वास भारतबाट प्याज ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा ५ हजार ५ सय रुपैयाँ घुस सहित विराटनगरस्थित बसपार्कबाट पक्राउ परेका थिए ।

यस्तै मंसिर ३ गते मोरङ जहदा गाउँपालिका १ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह घुस वापत २१ हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले को फन्दार्मा वडा कार्यालय भित्रैबाट परे । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेका थिए ।

पछिल्लो समय इटहरीस्थित अख्तियारले जिल्लामा स्टिङ अप्रेसन नै चलाएर घुससहित रंगेहात पक्राउ गरिरहेको छ । पछिल्लो साढे २ वर्षमा प्रदेश १ को १४ जिल्लामा ४५ वटा स्टिङ अप्रेसन गरेर ५७ जनालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको अख्तियारले चालु आर्थिक वर्षको साउनदेखि पुस २८ गतेसम्म प्रदेश १ को विभिन्न स्थानमा ११ वटा स्टिङ अप्रेसनन गरेर १३ जनालाई नियन्त्रणमा लिएको छ ।

अख्यितार दुरूपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र प्रसाद ढकालका अनुसार पुस महिनामा मात्र तीन जना घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ ।

अख्तियारले सार्वजानिक गरेको वार्षिक प्रतिवेदन अनुसार प्रदेश १ का १४ जिल्लाबाट दुई वर्षमा ३४ वटा स्टिङ अप्रेसन गरेर ४४ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५÷ ०७६ मा घूस रकमसहित रङ्गेहात पक्राउ गर्न अख्तियारले १८ वटा स्टिङ अप्रेसन गरेकोमा २४ जना रङ्गेहात पक्राउ गरेको ढकालले जानकारी दिए । घूससहित रङ्गेहात पक्राउ पर्ने सरकारी कर्मचारी, प्रहरी र चिकित्सकहरू छन् । अख्तियारको अभिलेखअनुसार घूस रकमसहित रङ्गेहात पक्राउ पर्नेको संख्यामा वृद्धि भएको छ । आयोगका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷ ०७५ मा १६ वटा स्टिङ अप्रेसन गरेकोमा २० जनालाई घूस रकमसहित रङ्गेहात पक्राउ गरेको देखिन्छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा ४ जना बढी हो ।

इटहरीस्थित आयोगमा विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा जम्मा १ हजार ७ सय ८६ वटा उजुरी दर्ता भएका मध्ये ९ सय २१ वटा फछ्र्यौट भएको छ । जसमा ८ सय ६५ वटा जिम्मेवारी सरेर चालू आर्थिक वर्षमा आएको आयोगले जनाएको छ । प्रारम्भिक उजुरीमा अघिल्लो आर्थिक वर्षबाट ५ सय ६० वटा जिम्मेवारी सरेर र आर्थिक वर्षमा १ हजार २ सय २६ वटा उजुरी आयोगमा आएको थियो ।

देशभरीमा जम्मा २४ हजार ५ वटा उजुरी दर्ता भएका मध्ये १५ हजार ५ सय २६ वटा मुद्धा फछर्यौट र चालु आर्थिक वर्षमा ८ हजार ५ सय ५ वटा जिम्मेवारी सरेर आएको अख्तियार दुरुपयोग अनुन्धान आयोग टंगालका सहसचिब रविलाल पन्थले जानकारी दिए । आर्थिक वर्ष अख्तियारले विशेष अदालतमा ३ सय ५१ वटा मुद्दा दर्ता गरेकोमा ८ सय ९४ जनालाई प्रतिवादी बनाएको प्रतिवेदनमा उल्लेखछ । जसमा ४ अर्ब ५ करोड ३७ लाख ६३ हजार ८ सय ८८ रुपैयाँ बिगो मागदावी गरेको थियो ।

यसैबीच अख्तियार दरुपयोग अनुसन्धान आयोगले १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखको कार्यालय परिसरको सभाहलमा सोमबार एक कार्यक्रम आयोजना गरि अख्तियार दुरुपयोग अनुसन्दान आयोगका सहसचिब रविनलाल पन्थले प्रदेश प्रमुख प्यासीलाई आर्थिक वर्ष २०७५÷७६ को २९ औँ वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश प्रमुख ‘प्यासी’ ले अख्तियारको तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आयोग नतर्सी, नडराइ, सतर्कताका साथ अघि बढनुपर्नेमा जोड दिए ।प्रतिवेदन प्रस्तुत गर्दै अख्तियारको सहसचिब पन्थीले आयोग पाँच वर्षे संस्थागत रणनीतिक योजना बनाएर अगाडी बढेको बताए । भ्रष्टचारमुक्त र सदाचारयुक्त समाज निर्माणको आयोगले दुरष्टि राखेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ