एभरेष्टको सिङ्गीङ– डान्सीङ आइडलः गायनतर्फ उत्सव र नृत्यमा मानस्वी विजयी

एभरेष्टको सिङ्गीङ– डान्सीङ आइडलः गायनतर्फ उत्सव र नृत्यमा मानस्वी विजयी

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

विराटनगर, २८ पुष । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको गायनतथा नृत्य प्रतियोगिता अन्तरगत गायन सिनियर तर्फ कक्षा ८ का उत्सव रायमाझि विजेता बनेका छन् । फष्ट रनरअप अस्विन थापा र सेकेन्ड रनरअप संस्कार थापा घोषित भए ।

यस्तै गायनजुनियर तर्फ श्रीदिमा प्रधान प्रथम भइन् भने फष्ट रनरअप आदित्य यादव र सेकेण्ड रनरअप रिद्दि पौडेल भए । यसैगरि नृत्य विधामासिनियर तर्फ मानस्वी खनाल विजेता बनिन् भने फष्ट रनरअप पुर्णिमा पौडेल र सेकेण्ड रनरअप रेनिज राजवंशी घोषित भए । नृत्यको जनियर तर्फ श्रीदुलाखनालविजेताभइन् भने सारा उप्रेती फष्ट रनरअप र आयुष्मा गिरि सेकेण्ड रनरअप घोषित भइन् ।

प्रतियोगितामा गायन विधामा सुरज बानिया र अनुपमा चौधरी र नृत्य विधामा मणि लिम्बु र निश्चल मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताको विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः नगद ५ हजार , ३ हजार, २ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।
विराटनगरको विरेन्द्रसभा गृहमा सम्पन्न फाइलन प्रतियोगितामा गायन तर्फ सिनियर र जुनियर तर्फ ५ – ५ जना प्रतियोगीता फाइनल पुगेका थिए । नृत्य तर्फ भने दुवै समूहबाट ६–६ जनाप्रतियोगिले फाइनलमा भाग लिएका हुन् । प्रतियोगिहरु मंसिरदेखि शुरु भएको प्रतियोगिताको विभिन्न चरणपार गर्दै फाइनल सम्मपुगेका हुन् ।

राष्ट्रिय प्रतियोगिताको झल्को दिने गरि आयोजित फाइनल समारोहमा विद्यालयका बालबालिकाले सामुहिक नृत्य र जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ भन्ने सन्देश बोकेको हजुरवुवानामक नाटक समेत मञ्चन गरे ।

्रतियोगिताको समापन समारोहमा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस्ता प्रतियोगिताले बालबालिकामा अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्न सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।


कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बालबालिकालाई औपचारीक शिक्षासँगै सीप र प्रविधिलाई सँगै जोडेर शिक्षा दिनु आजको आवश्यकता रहेको औल्याए । उनले आउँदो शैक्षिकसत्र देखि नै एभरेष्टले कक्षा७ सम्म पुर्णतयाप्रविधि र सीपसँगजोडेर अध्यापन गराउने समेत उद्घोष गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी