दाङ, सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई जिल्ला जनपरिषद दाङले कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ।
कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपुर्वक दुख दिने /सताउने / कामहरु अल्झाउने/ झुलाउने गरेको, गैरजिम्मेवार रहदै तीब्र कामको चाप रहदा समेत बिना कारण कार्यलयमा अनुपस्थित हुनुका साथै सेवाप्रवाहमा ढिलासुस्ती चरम लापरबाही र अकर्मण्यता गर्ने गरेको, गलतनियतका साथ विभिन्न आयोजनाहरुको बिल भुक्तानी फरफारक स:सर्त रोकेको लगायतकाे भन्दै कारण देखाउदै जिल्ला जनपरिषद दाङले एक विज्ञप्ति समेत जारी गर्दै कारबाही पत्रमा उल्लेख गरेको छ ।
जनपरिषद दाङका प्रमुख भगवानदास चाैधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,-‘लहान डिभिजनमा हुदा लहान-ठाडी सडक कालोपत्रे नै नगरी कालोपत्रे भएको कागजात देखाइ झण्डै ५ करोड बजेट स्वाहा पारेका थिए भने क्वाटरका फर्निचर भाडाकुडा नुन तेल समेत लिएर घर टाप कसेका थिए । घुस खाने, कमिसन नलिइ काम नगर्ने, निर्माण व्यवसायी लाई विभिन्न वहानामा सताउने, कार्यालयमा अकारण अनुपस्थित हुने, अन्तर कार्यालय समन्वय नगर्ने र मातहतका कर्मचारीलाई कमिसन लिन र भाग बुझाउन विविध प्रकारका ताकेता गरि मानसिक यातना दिने लगायतका निच हर्कतले बिभागका सम्पुर्ण कर्मचारी लगायतका अन्य निकायका कर्मचारी हैरान हुने गरेका छ्न् ।’
