एजेन्सी । भारतकी चर्चित नायिका दीपिका पादुकोण केही समय अघि जेएनयुमा भएको हिशाको विरोध गर्न दिल्ली स्थित सो विश्व विद्यालय पुगेकी थिईन् । त्यस पछि सत्तारुढ भाजपाका नेता कार्यकर्ताले उनको विरोध शुरु गरेका थिए । विरोध केन्द्रीय मन्त्री स्मृति ईरानीले पनि गर्न भ्याएकी थिईन् ।
एसीड पीडितको कथामा आधारीत फिल्म छपाक चलिरहेका बेला उनको भूमिकाको चर्चा चुलिएको थियो । तर जेएनयुको विवादमा फसे पछि उनको फिल्म प्रदर्शन रोक्न माग गरेका छन् विरोधीहरुले भने उनले खेलेको विज्ञापन प्रशारण प्रकाशनमा कमी आएको छ ।
फिल्मका लागि १० करोड र विज्ञापनका लागि ८ करोड भारु लिएर खेल्ने उनीसगँ जोडिएको विज्ञापन कतिपय प्रकाशन हुन बन्द गरेका छन् केही कम्पनीहरुले ।
कतिपय कम्पनीहरुले विवाद समाधान नहुन्जेल उनले खेलेको विज्ञापन प्रशारण रोकिने बताएका छन् भने आगामी दिनमा सम्झौता गर्दा यस्ता सीमाहरुलाई ध्यान दिईने बताएका छन् ।
एक मिडिया एजेन्सीका अनुसार दुई साताका लागि उनको विज्ञापन रोकिएको छ । जेएनयुमा भएको हिशाको विरोधमा वामपन्थी विद्यार्थीले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी भए पछि दीपिकाको बिरोध भईरहेको छ ।