पृथ्वीनारायण शाहका दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक : राष्ट्रपति भण्डारी

पृथ्वीनारायण शाहका दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक : राष्ट्रपति भण्डारी

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमौं, पुस २७

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक भएको बताउनु भएको छ ।

पृथ्वी जयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

‘नेपाली समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको थियो,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ ।’

उहाँले लेख्नु भएको छ ‘जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएकाले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने कुरा महसुस गरेको छु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ