सरकारी अनुदानको रकम उपलब्ध गराउन माघ ७ सम्मको समय, नगराए आन्दोलन गर्ने उखु किसानको तयारी

सरकारी अनुदानको रकम उपलब्ध गराउन माघ ७ सम्मको समय, नगराए आन्दोलन गर्ने उखु किसानको तयारी

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

सर्लाही, पुस २७ ।
सर्लाहीका उखु किसानहरुले सरकारी अनुदानको रकम तत्कालै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।नेपाल उखु उत्पादक महासङ्घलगायतका विभिन्न उखु किसान सम्बद्ध सङ्घ–सङ्गठनले गएको ुक्रसिङ सिजनु को सरकारी अनुदान माघ ७ गतेसम्म उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारले उखु किसानलाई अनुदान बापतको ६५ रुपैयाँ २८ पैसा दिनुपर्नेमा अहिलेसम्म नदिएकाले सरकालाई अनुदानको रकम भुक्तानी गर्न समयसीमा दिइएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयो। किसानले उखु बिक्री गरेको एक वर्ष बितिसक्दा पनि सरकारले विभिन्न कारण देखाएर अहिलेसम्म अनुदानको रकम भुक्तानी दिएको छैन ।तराईका २२ जिल्लाका उखु किसानलाई अनुदानको रकम दिन अर्थ मन्त्रालयले एक अर्ब ३२ करोड पठाउनु पर्नेमा ९१ करोड मात्र पठाएको छ । अर्थ मन्त्रालयले किसानलाई अनुदान बापत झण्डै ४५ करोड रुपैयाँ निकासा गर्नु पर्ने बताएको छ ।
अर्थ मन्त्रालयले सर्लाहीका किसानलाई अनुदान दिन ३६ करोड १२ लाख २१ हजार रुपैयाँ पठाउनु पर्नेमा २४ करोड ८८ लाख ३४ हजार रुपैयाँमात्र पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका नियन्त्रक जगत थपलियाले जानकारी दिनुभयो । सरकारले गएको वर्षको एक करोड ४० लाख रुपैयाँ अनुदान पनि भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ