ट्यांकरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्यांकरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • शुक्रबार, पुस २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

चितवन पुस २५ ।
चितवनमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनामा गोरखाको भिमसेन गाउँपालिका–४ का ३५ वर्षीय इन्द्र तामाङको मृत्यु भएको हो ।

राप्ती नगरपालिका–६ हर्दी्स्थित पूर्व–पश्चिम लोकमार्गमा टाँडीबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश ३–०२–००५ प नम्बरको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए।

मोटरसाइकल चालक इन्द्रको भरतपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का भिमसेन–४ कै २४ वर्षीय सुगम तामाङ गम्भीर घाइते भएका छन्।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारीसाधान र ट्यांकर चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ